Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • बाघको सङ्ख्या बढेपनि चुनौती थपिँदै

    बाघको सङ्ख्या बढेपनि चुनौती थपिँदै

    अनलाइन नेपाल
  • बिहिबार, १४ साउन २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । आज विश्व बाघ दिवस । बाघको अस्तित्व मानवको दायित्व भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी बाघ दिवस मनाइँदै छ ।

    नेपालले सन् २०१० लाई आधार वर्ष मानेर सन् २०२२ सम्ममा बाघको सङ्ख्या १ सय २१ बाट बढाएर २ सय ५० पुर्याउने लक्ष्य राखेकोमा अहिले बाघको सङ्ख्या २ सय ३५ पुगिसकेको छ ।



    संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेकाले अर्को वर्षसम्ममा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा हुने निश्चित भएको छ । सन् २०११ मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । बाघको सङ्ख्या बढिरहँदा जोखिम पनि थपिएको छ ।



    बर्दिया र चितवनमा बाघको आक्रमणबाट मान्छेको ज्यान जाने घटना बढिरहेको छ । बर्दियामा गएको आर्थिक वर्षमा मात्रै बाघको आक्रमणबाट १२ जनाको ज्यान गएको छ । यही महिनाको पहिलो हप्तामा पनि अर्का एक जनाको बाघको आक्रमणबाट ज्यान गएको छ ।

    मान्छेलाई आक्रमण गर्ने चारवटा बाघलाई नियन्त्रणमा लिइएको बर्दिया निकुञ्जले जनाएको छ । सरकारले बाघलगायत अरू वन्यजन्तुको आक्रमणमा परेर घाइते भएका तथा ज्यान गुमाएकाका परिवारलाई राहत दिने गरेको छ । नेपालसहित विश्वका १३ देशमा मात्रै बाघ पाइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार