Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बाघको आक्रमणबाट एक युवकको मृत्यु

    बाघको आक्रमणबाट एक युवकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 510
    SHARES

    पर्सा । बाघको आक्रमणबाट पर्साको पटेर्वा सुगौली गाउँपालिका २ मा एक युवकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा थरकट्टी गाउँका २० वर्षीय मनोज महतो उराँव रहेका छन् । जंगलसंग जोडिएको थरकट्टी गाँउका मनोज शौच गर्न खेततिर गएका थिए।



    राति अबेरसम्म घर नफर्किएका उनलाई खोज्न छिमेकी र गाउँलेहरुले सोमबार बिहान खेततिर जाँदा नजिकैको जंगलमा बाघले मारेर खाएको अवस्थामा उनका शरीरका अंगहरु भेटिएको सब डिभिजन वन कार्यालय रंगपुरले जनाएको छ ।



    बाघले मान्छे मारेको खबर प्रहरीलाई आएपछि अनुसन्धानका लागि पर्सा प्रहरीको टोली घटनास्थलमा पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार