Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नरभक्षी बाघ खोजी गर्ने क्रममा एक जनाको शव फेला

    नरभक्षी बाघ खोजी गर्ने क्रममा एक जनाको शव फेला

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 432
    SHARES

    फाइल तस्विर

    मकवानपुर । मकवानपुरमा नरभक्षी बाघको खोजी गर्ने क्रममा एक जना व्यक्तिको शव फेला परेको छ।

    आइतबार मनहरि गाउँपालिका–६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा एक पुरुषको शव फेला परेको हो ।



    उक्त स्थानमा गत मङ्सिर ८ गते शुक्रबार बिहान चितवन राष्ट्रिय निकुञ्जबाट आएको बाघको आक्रमणबाट चितवनको राप्ती नगरपालिका बस्ने ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको थियो।



    उक्त बाघ नियन्त्रणमा लिन निकुञ्जको टोली चार वटा हात्तीसहित मध्यवर्ती क्षेत्रमा प्रवेश गरेको थियो।

    सो क्रममा पहिचान नखुलेको एक पुरुषको शव कम्मरभन्दा तलको भाग मात्रै रहेको र कम्मरभन्दा माथिको भाग हड्डी मात्रै रहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार