Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

खोलाले बगाएर ल्याएको आधा शरीर फेला

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातो खोलाको पश्चिमी किनारमा बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नरहेको अवस्थामा एक जनाको शव बरामद गरेको छ। जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँमा बग्दै गरेको रातो नदीको किनारमा पानीमा तैरिहेको अवस्थामा सो आधा शव फेला परेको हो।

शवको टाउको, छाती नरहेको र पेटलगायतका आधा भाग पनि सडेगलेको अवस्थामा पानीमा तैरिरहेको फेला परेका कारण महिला पुरुष के रहेको कुरा पनि खुल्न नसकेको बताएको छ। प्रहरीले सो शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077