Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बार्सिलोना र युभेन्टसबीचको खेल नहुने सम्भावना, यस्तो छ कारण

एजेन्सी – इटालियन क्लब युभेन्टसका मिडफिल्डर हाम्जा राफियालाई कोरोना संक्रमण पुष्टि भएको छ। राफियामा भाइरसको संक्रमण पुष्टि भएपछि टोलीका सम्पूर्ण खेलाडीहरु आइसोलेसनमा बस्नुपरेको छ। क्याटलान क्लब बार्सिलोनाले वर्षेनी आयोजना गर्ने जोन ग्याम्पर ट्रफी खेल्ने तयारीमा रहेको टोली नै हाल आइसोलेसनमा रहेको छ।

युभेन्टसले ८ अगस्टमा बार्सिलोनासँग जोन ग्याम्पर ट्रफी खेल्ने तालिका छ । टोली नै आइसोलेसनमा रहनुपरेपछि बार्सिलोना र युभेन्ट्सबीच खेल हुने नहुने अन्योल बढेको छ। युभेन्ट्सको सिनियर टोलीले कोन्टिनासामा निरन्तर प्रशिक्षण जारी राख्दा कसैसँग सम्पर्कमा नरहेपनि कोरोना परिक्षण गराउँदा हाम्जालाई कोरोना पुष्टि भएको क्लबले जनाएको छ।

ट्युनिसियाका हाम्जा राफिया अब कम्तीमा पनि १० दिन सेल्फ आइसोलेसनमा रहनेछन्। उनी गत साता मात्रै युभेन्ट्सको प्रशिक्षणमा जोडिएका थिए। त्यसक्रममा उनले टोलीका अधिकांश खेलाडीलाई भेटेका थिए। अन्य खेलाडीहरुको पनि कोरोना परिक्षण गरिनेछ । कोरोना नेगेटिभ आएको खण्डमा टोली प्रशिक्षणमा जोडिने क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। तर क्लबले अन्य खेलाडीमा कोरोना भएको पुष्टि गरेको छैन।

अन्य खेलाडीलाई कोरोना पुष्टि नभए युभेन्ट्सले बार्सिलोनासँग खेल्नेछ। हाम्जाले भने बार्सिलोना भ्रमण गुमाउनेछन्। युभेन्ट्समा मासिमिलियानो एलेग्री प्रशिक्षक बनेर आएपछि २२ वर्षीय हाम्जालाई सिनियर टोलीमा डाकिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077