Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रमा चिफ इन्सपेक्टर तथा प्रहरीमा सहायक-वरिष्ठ हबल्दार र वरिष्ठ सई पद राखिने

काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नियमावली संशोधनका लागि गृहकार्य अघि बढाएको छ ।

नियमावली संशोधन अन्तर्गत सशस्त्रमा इन्सपेक्टरदेखि माथि डिएसपीभन्दा तल नयाँ पद थप हुने भएको छ । इन्सपेक्टरबाट डिएसपी बढुवामा वर्षाै लाग्ने समस्याको समाधानका लागि नयाँ पद थप्न लागिएको सशस्त्रले जनाएको छ।

यसअघि नियमावली संसोधन गर्न सशस्त्रले गृह मन्त्रालयमा प्रस्ताव गरिसकेको र गृहमन्त्री बालकृष्ण खाँणले पनि त्यसमा सहमति जनाएपछि नियमावली संशोधनका लागि गृहकार्य अघि बढेको बताइएको छ।

सशस्त्रमा २०६२ सालमा भर्ना भएका इन्सपेक्टरहरु अझैसम्म डिएसपी हुन सकेका छैनन् । डिएसपीमा बढुवा हुन २० वर्ष लाग्ने अवस्था आएपछि नियमावली संशोधनमार्फत समस्या समाधान गर्न लागिएको स्रोतको दाबी छ।

यसैगरी नेपाल प्रहरीले पनि तह र दर्जा थप गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । प्रहरी प्रधान कार्यालयले तल्ला तहका प्रहरी कर्मचारीको मनोबल बढाउने गरी गरेको लामो समयको अध्ययनपछि चारवटा तह र तीनवटा दर्जाको संरचना थप्न गृह मन्त्रालयमा प्रस्ताव गरेको बताएको छ।

जसमा प्रहरी कार्यालय सहयोगी (परिचर)का चार तह र सहायक हबल्दार, वरिष्ठ हबल्दार र वरिष्ठ सई गरेर तीन दर्जा थपको प्रस्ताव गरिएको छ । नेपाल प्रहरीमा हाल सबै कार्यालय सहयोगी एउटै दर्जामा कार्यरत छन् ।

यो प्रस्ताव पास भए प्रहरी कार्यालय सहयोगी पाँचौं तहसम्म बढुवा हुन्छन् । यस्तै, जवानबाट हबल्दार हुनु पहिले सहायक हबल्दार, हबल्दारपछि वरिष्ठ हबल्दार र सईपछि वरिष्ठ सईको दर्जा थप हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077