Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२ लाख धरौटी नहुँदा हिरासतको शौचालयमा थुनुवाले गरे आत्महत्या

रामनारायण यादव / जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा एक जना थुनुवाले आत्महत्या गरेका छन् । बिहीबार बिहान ती थुनुवाले आत्महत्या गरेका हुन् ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्वर २ सिनुरजोडा बस्ने ४० वर्षीय पल्टु रवि दासको शव जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा शुक्रबार बिहान फेला परेको हो ।

उनले शौचालयको भेन्टिलेशनमा आफ्नै गञ्जीले पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवं डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

भाइसंगको अपसी विवादमा ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा पक्राउ परेका रवि दासलाई धनुषा जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

आर्थिक अवस्था कारण धरौटी बुझाउन नसक्दा अदालतले उनलाई सिन्धुली कारागार पठाउन आदेश दिएको थियो । कारागार लैजानकै लागि हिरासतमा राखिएका रवि दास तनावमा आत्महत्या गरेको प्रहरीको अनुमान छ । घटनाको बारेमा थप अनुसन्धान भई रहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077