Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेता र मन्त्रीको पछि लागेर पत्रकारिता सम्मानित हुँदैन : गोकुल बाँस्कोटा

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद गोकुल बाँस्कोटाले पत्रकारको आर्थिक र भौतिक सुरक्षा हुनुपर्ने बताएका छन् ।

आज प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोकद्वारा बनेपामा आयोजित सदस्यता वितरण एवं अन्तक्र्रिया कार्यक्रममा नेता बाँस्कोटाले आर्थिक सुरक्षा नभएसम्म सञ्चारकर्मी स्वतन्त्र नहुनेसमेत दाबी गरे ।

'नेपाली सञ्चारकर्मीलाई आर्थिक र भौतिक सुरक्षाको आवश्यकता छ, आर्थिक सुरक्षा नभएसम्म उ स्वतन्त्र पनि बन्न सक्दैन', बाँस्कोटाले भने । सञ्चारकर्मीको श्रमको सुरक्षा र सम्मान हुनुपर्ने बताउँदै कोरोना सङ्क्रमणकालमा ठूला भनिएका मिडियाले पनि बिना पैसा काम लगाएको र कामको पारिश्रमिक नदिई रोजगारीबाट समेत हटाएको उनको आरोप छ।

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका बाँस्कोटाले भने, 'यस्तै मिडियाका कारण सञ्चारकर्मीको आर्थिक सुरक्षा भएको छैन ।' यस्तै, सांसद बाँस्कोटाले नेपालमा नेता र मन्त्रीको पछि लागेर र उनीहरुका कथा बनाएर पत्रकारिता सम्मानित हुन नसक्ने समेत उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077