Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोना भाइरस

    निको हुने भन्दा संक्रमितको संख्या दोब्बर, ३,६११ जनामा संक्रमण पुष्टि

    निको हुने भन्दा संक्रमितको संख्या दोब्बर, ३,६११ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, १५ साउन २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ३ हजार ६११ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ भने यही अवधिमा थप १ हजार ८१६ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा १४ हजार ६६१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २,४६७ र एन्टिजेन विधिबाट १,१४४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



    नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ९३ हजार १०९ जना र एन्टिजेन विधिबाट ६० हजार ५२४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।  नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।



    त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ८३४ पुगेको छ । नेपालमा यस रोगबाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

    हालसम्म देशभर ३५ लाख ९४ हजार २०२ नमुनाको पीसीआर परीक्षण भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार