Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • स्वास्थ्य मन्त्रालयले भन्यो – भारतमा देखिएको कोरोनाबाट आत्तिनुपर्ने अवस्था छैन

    स्वास्थ्य मन्त्रालयले भन्यो – भारतमा देखिएको कोरोनाबाट आत्तिनुपर्ने अवस्था छैन

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 765
    SHARES

    काठमाडौं । सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणबाट नआत्तिन आग्रह गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको संक्रमणबाट डराउन नपर्ने बताएका हुन् ।



    भारतमा देखिएको संक्रमण श्वासप्रश्वाससम्बन्धी रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।



    “अहिले देखिएको नयाँ भेरियन्ट नयाँ भए पनि नयाँ लक्षण यसमा छैन । त्यही श्वासप्रश्वाससम्बन्धी नै लक्षण अहिलेको नयाँ भेरियन्टमा देखिएको छ,” उनले भने, “हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्ति तालिमप्राप्त भएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन ।”

    उनका अनुसार सिमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कलाई तयारी अवस्थामा राखिएको र श्वासप्रश्वाससम्बन्धी आएका बिरामीलाई विशेष निगरानी गर्न आग्रह गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार