Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो

    बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 801
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणविरुद्धको थप खोप आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याएको हो ।

    स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले तीन लाख ७७ हजार फाइजर खोप ल्याइएको जानकारी दिए । उनका अनुसार खोप कोभ्याक्समार्फत बुस्टर डोजका लागि ल्याइएको हो । यसअघि गत मंसिर ८ गते तीन लाख ७३ हजार खोप आएको थियो ।



    कोभ्याक्सले कुल सात लाख ५० हजार मात्रा खोप बुस्टर डोजका लागि उपलब्ध गराएको हो । अहिले पनि प्रदेश तहबाट बुस्टर डोजका लागि खोपको माग हुने गरेको छ । ती आएका खोपलाई प्रदेशमा पठाइनेछ ।



    सरकारले अहिलेसम्म ६ करोड ६९ लाख ८३ हजार २७० मात्रा खोप ल्याइसकेको छ । यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ११ लाख ५७ हजार ५२२ संक्रमित र १२ हजार ३१ जनाको निधन भइसकेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार