Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सैनिक कल्याणकारी कोषमा ६० अर्ब

काठमाडौँ । सैनिक कल्याणकारी कोषमा हाल सम्म ५९ अर्ब ९५ करोड ८० लाख जम्मा भएको छ।

कोषमा २०७७ असार मसन्तसम्म नगद मौज्दात रु ४५ अर्ब ८६ करोड ८० लाख रहेकामा यस वर्ष १८ प्रतिशत रु आठ अर्ब २५ करोड ९५ लाखले वृद्धि भएको छ ।

कोषका निर्देशक सागरबहादुर केसीका अनुसार नेपाली सेना शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त रु एक करोड २४ लाख एक हजारबाट २०३२ सालमा सैनिक कल्याणकारी कोषको स्थापना भएको हो।

‘बहुजन हितायः बहुजन सुखाय’ आदर्श वाक्य रहेको कोषबाट सेनाका बहालवाला, अवकास प्राप्त सैनिक तथा तिनका आश्रित परिवारलाई स्वास्थ्य, शिक्षा, सहुलियत ऋण, आर्थिक राहत र आवास, बीमा, सीप र स्वरोजगारका कार्यक्रम सञ्चालन हुँदै आएको छ।

उक्त कोषबाट नौ लाख हिताधिकारी लाभान्वित भएका छन् । कोषबाट सञ्चालित विभिन्न कार्यक्रममार्फत वार्षिक रुपमा सरकारलाई रु ४५ करोड राजश्व र रु १६ करोड विदेशी मुद्रा सञ्चितिमा योगदान पुगिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077