Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा

    एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा

    अनलाइन नेपाल
  • शनिबार, १६ साउन २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नेकपा एमालेले शनिबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ। बैठक तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बस्ने छ।

    एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङअनुसार बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशन तयारी र सदस्यता नवीकरणलगायतका विषयमा छलफल हुनेछ। असार १९ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकको निर्णय भएका उक्त विषयमाथि आज छलफल हुन लागेको हो।



    केन्द्रीय कमिटी बैठकले विभागको पूर्णता दिने र साउन २५ देखि २७ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो। त्यसका लागि महाधिवेशनका लागि अध्यक्ष केपी ओलीलाई राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेललाई साङ्गठानिक, उपमहासचिव विष्णु पौडेललाई विधान र नेता रामबहादुर थापा बादललाई व्यवस्थापनको जिम्मेवारीमा दिइएको छ।



    यस्तै एमालेले पार्टी सदस्यता नवीकरण असार मसान्तसम्म गर्ने र केन्द्रीय कार्यालय अन्तिम नामावली साउन ५ गतेसम्म दिने निर्णय गरेको थियो। योबीचमा वरिष्ठ नेता माधव नेपाल पक्षसँग सहमतिको प्रयास हुँदा उक्त काम प्रभावित भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार