Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा संसदीय दलको नेताको चुनाव आज

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को संसदीय दलको बैठक बसेको छ।

आज दलको नेता चयन गर्न सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलको बैठक बसेको जसपाका नेता महेन्द्र राय यादवले जानकारी दिए।

विहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले शनिबार संसदीय दलको नेता छान्नका लागि चुनाव गर्ने निर्णय गरेको थियो।

निर्वाचन आयोगबाट जसपा अध्यक्ष उपेन्द्र यादवपक्षले आधिकारिकता पाएपछि दलको नेता चयन गर्न लागिएको हो।

निर्वाचनको एउटा प्रक्रिया पूरा गर्नु पर्ने भएकाले दलको नेता चयन गर्न लागिएको जसपा नेता यादवले जानकारी दिए। दलको नेतामा सर्बसम्मतिले अध्यक्ष यादव चयन हुने भएका छन्।

यसअघि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केही नेताहरुको कार्य विभाजनसमेत गरेको छ । जसअनुसार पार्टीभित्र परेका उजुरीहरूको छानविन गर्ने समितिको संयोजकमा नवराज सुवेदीलाई राखिएको छ ।

त्यसैगरी, अनुशासन समितिको संयोजकमा नरसिंह चौधरीलाई राखिएको छ । यसअघि अनुशासन समितिमा लक्ष्मणलाल कर्ण थिए । कर्ण महन्थ ठाकुर पक्षमा लागेका छन् । प्रतिनिधिसभामा जसपाका कुल ३४ सांसदमध्ये २ जना निलम्बित छन् । बाँकी ३२ मध्ये १० जना महन्थ ठाकुर पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077