Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वेस्ट इन्डिजसँगको टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी

एजेन्सी । घरेलु टोली वेस्ट इन्डिजसँगको दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ ।

गुएनामा गएराति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ७ रनले हराएको हो । जितसँगै पाकिस्तानले ४ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।

पहिलो खेल वर्षाको कारण नतिजाविहीन भएको थियो । पाकिस्तानले दिएको १५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि निकोलस पुरनले अविजित ६२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । पाकिस्तानका शहिन साह, अफ्रिदी, मोहमद हाफिज, हसन अली र मोहमद वासिमले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय पारी खेले । मोहमद रिजवानले ४६ रन जोडे । यससँगै रिजवानले एकै वर्षमा धेरै टी–ट्वान्टी रन बनाउने खेलाडीको कीर्तिमान समेत बनाएका छन् ।

रिजवानले सन् २०२१ मा ७५२ रन जोडेर आयरल्यान्डका पाउनल स्ट्रलिङ्गको कीर्तिमान तोडेका हुन् । स्ट्रलिङ्गले २०१९ मा ७४८ रन जोड्दै कीर्तिमान बनाएका थिए । वेस्ट इन्डिजका जासन होल्डरले ४ विकेट तथा ड्वाने ब्राभोले दुई विकेट लिए ।

तेस्रो टि २० खेल आज राति हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077