Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जर्मन क्लब भिएबबी स्टुटगार्डमाथि बार्सिलोनाको जित

एजेन्सी । प्रि–सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा स्पानिस क्लब बार्सिलोनाले जर्मन क्लब भिएबबी स्टुटगार्डमाथि सहज जित हात पारेको छ।

मर्सेडिज बेन्ज एरेनामा भएको खेलमा बार्सिलोनाका लागि मेम्फिस डिपाएले २१औं, युसुफ डेमिरले ३६औं र रिकार्ड पुइजले ७४औं मिनेटमा गोल गरे। यस्तै अर्को जर्मन क्लब बायर्न म्युनिख इटालियन क्लब नापोलीसँग ३–० ले नै पराजित भएको छ।

म्युनिकमा भएको खेलमा नापोलीका लागि भिक्टोर ओसिमहेनले ६९औं र ७१औं मिनेटमा गोल गरे। यस्तै जिनेदिन माचाचले ८५औं मिनेटमा एक गोल थपे। रोमा र सेभियाले भने गोलरहित बराबरी खेले।

इंग्लिस क्लब म्यानचेष्टर सिटीले ब्रान्सलेलाई ४–० ले सहनै हरायो। सिटीका लागि घरेलु मैदामानमा सामुएल एडोजोइ, बेन नाइट, रियाद महारेज र नाथन एकेले एक–एक गोल गरे।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077