Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कर्णाली नदीमा डुंगा दुर्घटना : ३ जना बेपत्ता, दुई गम्भीर घाइते

कैलाली । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा जिल्लाको मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १० वर्षीय छोरा रहेका छन्।

उनीहरु मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गरेकाहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार डुंगामा १० जना खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै थिए। दुर्घटनामा दुई जना घाइते भएका छन् । अन्य पाँच जना सकुशल छन् ।

घाइते हुनेमा मोहन्याल ३ की धनसरा सलामी मगर र उनकै १ महिनाको छोरा कर्ण छन् । १९ वर्षीया धनसराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा कैलालीको सुगरखाल र सुर्खेतको बाबियाचौरबाट खटिएको प्रहरी टोलीले खोज तथा उद्धार कार्य गरिरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077