Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • आफ्नो आमाको दूध नपाएका शिशुहरुले पाउने भए ‘अर्की’ आमाको दूध

    आफ्नो आमाको दूध नपाएका शिशुहरुले पाउने भए ‘अर्की’ आमाको दूध

    अनलाइन नेपाल
  • आइतबार, १७ साउन २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । सरकारले ‘ह्यूमन मिल्क बैङ्क’ स्थापना गर्ने निर्णय गरेसँगै शिशुहरुले आमाको दूध पाउने भएका छन् । कम दूध आउने आमाका शिशुलाई चिकित्सकहरूको सल्लाहमा आमाकै दूधको व्यवस्था गर्न सरकारले ‘ह्यूमन मिल्क बैङ्क’ स्थापना गर्ने तयारी गरेको हो ।

    स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा ‘ह्यूमन मिल्क बैङ्क’ स्थापना गर्ने तयारी गरिएको जानकारी गराएको हो ।



    विश्व स्तनपान सप्ताह शुभारम्भ गर्दे महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले ६ महिनासम्मका शिशुलाई अनिवार्य रूपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न सो बैङ्क स्थापना गर्न लागिएको जानकारी दिए ।



    ‘ह्यूमन मिल्क बैङ्क’ स्थापना भएपछि आफ्नो आमाको प्रशस्त दूध नआएर खान नपाएका शिशुहरुले ‘अर्की’ आमाको भएपनि दूध खान पाउने भएका छन् । बजारमा आएका अन्य पाउडर दूधको तुलनामा आमाको दूध अत्यन्तै पोशिलो र फाइदाजनक हुने भएकाले सरकारले ‘ह्यूमन मिल्क बैङ्क’ स्थापना गर्न लागेको हो ।

    पराजुलीले भने–‘जुन आमाको दूध तत्काल आउँदैन वा कमी छ, त्यस्ता बच्चालाई सो बैङ्कमा राखिएको दूधको व्यवस्था गर्नेछौँ । सो बैङ्क यसै वर्ष काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा स्थापना गरिनेछ ।’ यद्यपी उक्त दूध भने डाक्टरको स्वीकृतीपछिमात्र किन्न पाइने पराजुलीले बताए ।

    महाशाखाले ‘ह्यूमन मिल्क बैङ्क’ मा दूध राख्नका लागि करिब १ करोडको मेसिन खरिद गर्ने तयारी गरेको छ । कार्यक्रममा महाशाखाले आमाको दूधलाई विस्थापित गर्ने गरी आएको ‘ल्याक्टोजिन’को विज्ञापन नगर्न, नगराउन पनि सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ । शाखाका प्रमुख पराजुलीले ल्याक्टोजिनको विज्ञापन गरेको पाइए कडा कारबाही गर्ने चेतावनी समेत दिए ।

    आइतबार सुरु भएको विश्व स्तनपान सप्ताह साउन २३ गतेसम्म चल्नेछ । ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने मूल नाराका साथ मनाउन मनाउन लागिएको स्तनपान सप्ताहमा सबै स्थानीय तहमा स्तनपनको महत्त्व बारे जनचेतनामूलक कार्यक्रम गरिने छ । शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्ने र त्यसभन्दा माथि उमेर पुगेपछि अन्य थप पोषणको पनि व्यवस्था गर्नुपर्ने विषयबारे एक साता सम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गरिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार