Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • तीन दिनकी छोरीलाइ चारकोसे जङ्गलमा फाल्ने बाबु पक्राउ

    तीन दिनकी छोरीलाइ चारकोसे जङ्गलमा फाल्ने बाबु पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 753
    SHARES

    सुनसरी । तीन दिनकी नवजात शिशु (छोरी) फाल्ने बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षीय अमितलाल चौधरी रहेका छन् ।

    शिशुलाई दुहबी नगरपालिकाकी वडा नम्बर १० का चौधरी र ३० वर्षीया उनकी श्रीमती बिन्दु चौधरीले बराहक्षेत्र नगरपालिका-२ को चारकोसे जङ्गलमा फालेका थिए ।



    प्रहरीले उनी सहित पत्नीलाई पनि पक्राउ गरेको र पछि छाडिदिएको बताइएको छ । नवजात शिशु जंगलमा फालेको घटनामा बिन्दुको संलग्नता नदेखिएकाले उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।



    माघ ४ गते जन्मिएकी शिशुलाइ चौधरीले ६ गते बराहक्षेत्र नगरपालिका९२ को चारकोसे जंगलमा लगेर फालेका थिए। जंगलमा वस्तु चराउन गएका गोठालाले नवजात शिशुलाइ देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए।

    शिशुको उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको बताइएको छ ।

    नवाजात शिशु फाल्ने उनी विरुद्ध सुनसरी प्रहरीले मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

    अमितलाई पक्राउ गरी ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार