Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक युवक पक्राउ

    साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक युवक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 615
    SHARES

    काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय साइवर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

    सर्वसाधारणलाई झुक्याई ठगी गर्ने उद्धेश्यले साइवर ब्यूरोको नाममा नक्कली फेसबुक पेज बनाएको आरोपमा प्रहरीले चितवन रत्ननगर नगरपालिका वडा नं. ५, झुवानीटोल बस्ने १८ वर्षका करण महतोलाई पक्राउ गरेको हो ।



    साइवर ब्यूरोबाट खटिगएको टोलीले उनलाई चितवनबाटै जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा मंगलवार पक्राउ गरेको प्रहरीले जनाएको छ ।



    उनलाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार