Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • साँढे २३ लाखको चेक बाउन्स मुद्दामा फरार रहेका विनोद सीआईबीको फन्दामा

    साँढे २३ लाखको चेक बाउन्स मुद्दामा फरार रहेका विनोद सीआईबीको फन्दामा

    अनलाइन नेपाल
  • सोमबार, १८ साउन २०७८
  • 3.2K
    SHARES

    काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ् कसूर (चेक बाउन्स) मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका १ घर भएका ५६ बर्षीय विनोद कुमार श्रेष्ठ रहेका छन् । सोमबार सीआईबीले श्रेष्ठलाई भक्तपुरको काँडाघारीबाट पक्राउ गरेको हो ।



    पक्राउ परेका श्रेष्ठलाई उच्च अदालत तुलसीपुरको २०७७ चैत १२ गतेको फैसलाले ७ दिन कैद र २३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो।



    सीआईबीका प्रवक्ता एवं एसपी श्याम कुमार महतोका अनुसार श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्याई नबिल बैंकको चेक काटेर बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

    उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा बुझाइएको सीआईबीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार