Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

देउवाको सचिवालयले दिएको जानकारी अनुसार बैठक आज दिउँसो ४ बजे सिंहदरवारमा बोलाइएको छ। यसअघि सोमबार नियमित बस्ने बैठक स्थगित भएको थियो ।

सचिवालयका अनुसार बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ । जसमा सरकारले के काम गर्ने र सरकार सञ्चालन कसरी गर्ने भन्ने सैद्धान्तिक विषयमा टुङ्गो लागेपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने भनिएको छ ।

हाल कांग्रेस सभापति देउवा नेतृत्वको सरकारमा १ राज्यमन्त्रीसहित ५ जनाको मन्त्रीमण्डल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077