Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • ४० लाखको चेक बाउन्स मुद्दामा फरार रहेका ठाकुर सीआईबीको फन्दामा

    ४० लाखको चेक बाउन्स मुद्दामा फरार रहेका ठाकुर सीआईबीको फन्दामा

    अनलाइन नेपाल
  • मंगलबार, १९ साउन २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ् कसूर (चेक बाउन्स) मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा काठमाडौँ बुढानिलकण्ठ नगरपालिका -३का ६२ बर्षीय ठाकुर प्रताप थापा रहेका छन् । मंगलबार सीआईबीले थापालाई काठमाडौँको चक्रपथबाट पक्राउ गरेको हो ।



    पक्राउ परेका थापालाई उच्च अदालत पाटनको २०७६भदौं ३ गतेको फैसलाले ३९ लाख ९६ हजार ४०० रुपैयाँ जरिवाना ठहर गरेको थियो।



    सीआईबीका प्रवक्ता एवं एसपी श्याम कुमार महतोका अनुसार थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्याई देव विकाश बैकको चेक काटेर बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

    उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा बुझाइएको सीआईबीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार