Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

रुपन्देही । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

मंगलबार दिउसो प्रदेशसभा सचिवालयमा प्रदेशका मुख्यमन्त्री  पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले विपक्षी गठबन्धनको तर्फबाट संसद सचिवालयमा सरकारविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको र प्रदेश प्रमुख समक्ष प्रदेशसभाको विशेष अधिवेशन आह्वानको लागि निवेदन गर्ने तयारी गरेको जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गर्दै ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रस्ताव बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077