Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुलमानलाई विद्युत प्राधिकरणको प्रमुख बनाउन देउवाको निर्देशन

काठमाडौं । १८ घण्टाको लोडसेडिङ हटाएर जनताको मन जित्न सफल कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन्।

मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएको बालुवाटार स्रोतको दावी छ ।

प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन भने पनि स्रोतको दावी छ ।

अघिल्लो कार्यकालमा कुलमानले लोडसेडिङ हटाएका थिए भने लामो समय घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याएका थिए। उनको चार वर्षे कार्यकाल सकिएपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सुरूमा प्राधिकरणकै शाक्यलाई कायममुकायम कार्यकारी निर्देशक बनाइएको थियो भने पछि उनैलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077