Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लाखौं रुपैयाँसहित २१ जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले लाखौं रुपैयाँ नगदसहित २१ जुवाडेलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नं. १५ बिजेश्वरीमा अवैधरुपमा ओखर खेलिरहेका उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

पैसाको हारजित हुने गरी ओखर खेलीरहेको भन्ने गोप्य सुचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले ६ लाख ४ हजार नगदसहित २१ जनालाई पक्राउ गरेको हो।

विजेश्वरीस्थित प्रकाश शाहीले आफ्नो घरको चौथो तल्लाको कोठामा ओखर हान्ने स्थान बनाएको र सोही स्थानमा उनीहरु जम्मा भएको पाइएको छ। नियन्त्रणमा लिइएका उनीहरुलाई थप अनुसन्धान र कारबाही प्रक्रियाका लागि प्रहरी वृत्त स्वयम्भुमा बुझाईएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077