Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पाँच सचिव कामबिहीन, कार्यायलमा हाजिर गर्दै फर्किँदै

    पाँच सचिव कामबिहीन, कार्यायलमा हाजिर गर्दै फर्किँदै

    अनलाइन नेपाल
  • बुधबार, २० साउन २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । सरकारले पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ। नीतिगत तहमा महत्त्वपूर्ण भूमिका खेल्ने र प्रशासनिक नेतृत्वमा रहने सचिवलाई सरकारले लामो समयदेखि कामविहीन अवस्थामा राखेको हो।

    सरकारले बढुवा भएका सचिवहरूलाई समयमा नै पदस्थापन गर्न नसक्दा चार जना सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेर हाजिर गरिरहेका छन्। मंगलबार पुनः एक जना सचिवमा बढुवा भएपछि अतिरिक्त समूहमा रहने सचिवको संख्या पाँच पुगेको छ।



    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचिवमा कृष्णहरि पुष्कर, खगेन्द्र नेपाल, रामप्रसाद घिमिरे र किरणराज शर्मा रहेका छन्। मंगलबार सचिवमा बढुवा भएका हरि मैनालीलाई पनि हाललाई अतिरिक्त समूहमा नै राखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले आठ जना सचिव छन्। जबकि, सो कार्यालयको सचिवको दरबन्दी संख्या नै चार मात्र हो।



    सरकारले आफूनिकट बाहेकका अन्यलाई तान्नुपर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै अतिरिक्त समूहमा राख्ने परम्परा रहँदै आएको छ। त्यहाँ रहेका प्रायः सचिवले आफूलाई अपहेलित महसुस गर्छन्। यो समाचार राजधानी दैनिकमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार