Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पूर्वसचिव रामेश्वर खनालले सुरू गरे नयाँ वैवाहिक जीवन

    पूर्वसचिव रामेश्वर खनालले सुरू गरे नयाँ वैवाहिक जीवन

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 963
    SHARES

    काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले बिहे गरेका छन्। बिहीबार श्रीपञ्चमीका दिन उनले सरिता शर्मा पोखरेलसँग विवाह गरेका हुन्।

    पूर्वअर्थसचिव रामेश्वर खनालको यो दोस्रो विवाह हो। उनको पहिलो श्रीमतीको ४ वर्षअघि मृत्यु भएको हो।



    पहिलो श्रीमती सुचित्रा खनालको निधनसँगै खनाल एकल भएका थिए। सरिता शर्मा समेत एकल जीवन बिताइरहेकी थिइन्। उनीहरु दुईबीच विवाह भएको हो।



    खनाल पछिल्लो समय प्राध्यापन पेशामा छन् भने उनी अर्थविद्को रुपमा समेत परिचित छन्।

    अर्थविज्ञका रुपमा समेत चिनिएका पूर्वसचिव खनाल र शर्माले दुवैतर्फको परिवारको उपस्थितिमा केक काटेर नयाँ यात्रा शुभारम्भ गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार