Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अफगानिस्तानका रक्षामन्त्रीको घरमा बम हानियो, ४ जनाको मृत्यु

    अफगानिस्तानका रक्षामन्त्रीको घरमा बम हानियो, ४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २० साउन २०७८
  • 3K
    SHARES

    एजेन्सी । अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा बम प्रहार भएको छ। मंगलबार बेलुका भएको उक्त बम आक्रमणमा चार जना मारिएका छन्।

    हतियारधारी समूहले कार बम र गोलीमार्फत् आक्रमण गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्। आक्रमणको समयमा रक्षामन्त्री बिस्मिल्लाह भने घरमा थिएनन्। उनका परिवारका सदस्यहरुलाई पनि सुरक्षित तरिकाले बाहिर निकालिएको थियो।



    यो घटनामा चार जना आक्रमणकारीको मृत्यु भएको सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ। घटनामा ११ जना घाइते भएका छन्।



    अफगानिस्तानका अलग–अलग स्थानमा तालिबान र सरकारी सुरक्षा बलबीच भिडन्त तीव्र भएका समाचारहरु सार्वजनिक हुँदै आएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले द्वन्द्व अन्त्यको अपिल गरेलगत्तै यो आक्रमण भएको हो।

    मंगलबार राति राजधानी काबुल शहरको केन्द्र भागमा भयंकर विष्फोट भएको आवाज सुनिएको थियो। धेरै सरकारी कार्यालय र विदेशी कूटनीतिज्ञहरुको आवास रहेको स्थान नजिक विष्फोट भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

    राष्ट्रपति भवन, दूतावासहरु, अन्तर्राष्ट्रिय मिडिया र सहायता एजेन्सीहरुको कार्यालय पनि सोही क्षेत्रमा छन्। आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार