Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दार्चुला घटनाबारे माओवादीले भन्यो - भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले दार्चुला घटनाको सम्बन्धमा भारतले छिटोभन्दा छिटो सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताएको छ।

बुधबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले उक्त घटनाप्रति सरकारको ध्यानाकर्षण गराउदै यस्तो बताएका हुन्।

यस्तै, नेता श्रेष्ठले सरकारलाई छिटोभन्दा छिटो छानविन प्रतिवेदन ल्याएर भारतसमक्ष गम्भीर आपत्ती प्रकट गर्न सुझाएका छन्।

दार्चुलाका जयसिंह धामी साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा बेपत्ता भएको स्थानीयवासीको भनाइ छ । बेपत्ता धामीको शव अझै भेटिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077