Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'जनतामारा कार्यक्रम ल्याएकोमा सरकारलाई धन्यवाद'

काठमाडौं । राष्ट्रिय सभा सदस्य चक्रप्रसाद स्नेहीले सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको निर्णयप्रति विरोध जनाएका छन्।

बुधबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद स्नेहीले वर्तमान सरकारले दिनप्रतिदिन जनतामारा कार्यक्रम ल्याइरहेको आरोप समेत लगाए।

‘लाखौंलाख सुकुम्बासीहरु, मोहीहरु थिए त्यसलाई आयोग बनाएर प्रत्येक दिन पूर्जा वितरण भइरहेको थियो, आयोगलाई विघटन गरेर जनतामार कार्यक्रम ल्याएको हुनाले धन्यवाद दिन चाहान्छु,’ सरकारको उक्त निर्णयको विरोध जनाउदै स्नेहीले भने .

यस्तै, उनले दार्चुला घटनामा पनि खेद प्रकट गर्दै तुइन काटिएको प्रत्यक्षदर्शी हुँदाहुँदै छानबिन आयोग बनाएर सरकारले अलमलाउने काम गरेको आरोप लगाए।


दार्चुलाका जयसिंह धामी साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा बेपत्ता भएको स्थानीयवासीको भनाइ छ । बेपत्ता धामीको शव अझै भेटिएको छैन ।

सरकारले घटनाको छानविन गर्न सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । सो समितिले दार्चुलामै पुगेर आजबाट काम सुरु गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077