Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भारतलाई अफगानिस्तानको आग्रह

काठमाडौँ । पछिल्लो समय अफगानिस्तानमा तालिबानले आक्रमण बढापछि त्यहाँको सरकारले भारतसँग संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन आग्रह गरेको छ ।

अफगानिस्तानका विदेशमन्त्री मोहमम्मद हनिफले देशमा भइरहेको हिंसा कम गर्न र शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन आग्रह गर्दै भारतीय समकक्षी एस जयशंकरलाई टेलिफोन गरी सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन आग्रह गरेका हुन् ।

अफगानी विदेशमन्त्री हनिफले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, ‘भारतीय विदेशमन्त्रीसँग संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा अफगानिस्तानका विषयमा एक आपत्कालीन बैठकका लागि कुराकानी गरेँ । संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायले तालिकानको हिंसा र अत्याचार रोक्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।’

पछिल्लो समय अफगानिस्तानमा तालिबानले आक्रमण बढाइरहेको छ । मंगलबार मात्र काबुलको सबैभन्दा सुरक्षित मानिएको ग्रीन जोनमा बम विस्फोट गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077