Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुलमानको पुन:नियुक्तिबारे नवराज सिलवालको आपत्ति, भन्छन्- संस्था र प्रणाली नै असफल हुन्छ

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका सांसद नवराज सिलवालले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्बहालीबारे आपत्ति जनाएका छन्।

बुधबार सांसद सिलवालले कुलमान बाहेक अरूले विद्युत प्राधिकरण हाँक्न सक्दैन भन्ने धारणा जबर्जस्त बनाउन खोजिएको भन्दै यसबारे आपत्ति जनाएका हुन्।

फेसबुकमा उनले लेखेका छन्, ‘कुलमान असल र व्यवसायिक व्यक्ति हुन् म उनको क्षमता माथि शंका गर्दिन । तर, जुन ढंगले कुलमानबाहेक देशमा अरु कसैले प्राधिकरण हाँक्न सक्दैन भन्ने खालको न्यारेटिभको जबर्जस्त प्रयोग गरिँदैछ, यसले हाम्रा संस्था र प्रणालीलाई असफलतातिर लैजाने छ। '

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जामन्त्री पम्फा भुसाललाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई ल्याउने तयारी थाल्न निर्देशन दिएका थिए। अहिले कुलमानको प्राधिकरणमा पुनर्नियुक्तिको बिषयलाई लिएर प्रधानमन्त्री देउवालाई सबैले धन्यवाद दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077