Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीमा सरकार परिवर्तनको खेल : यस्तो छ सांसद संख्या र समीकरण

बुटवल – लुम्बिनी प्रदेशमा सत्ताको खेल जारी नै छ। मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन विपक्षी दलहरु मोर्चाबन्दी नै गरेर लागिपरेका छन्।

तर, केही दिनअघि माओवादी केन्द्रकी सांसद विमला खत्री वलीले आफू एमालेको रहेको भन्दै विज्ञप्ति निकालिन्। माओवादी केन्द्रको ‘सम्पर्क’मा नरहेको केही दिनमा उनले आफूलाई एमाले सांसद दाबी गरेपछि विपक्षी गठबन्धनलाई बहुमत जुटाउन सांसद संख्या अपुग भयो।

तर बुधबार उनी फेरि माओवादी केन्द्रमै फर्किएकी छिन्। एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी हुन्। विमला दाङ ३ (ख) मा भएको उपनिर्वाचनमा नेकपाबाट विजयी भएकी थिइन्। एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि उनले शुरुमा माओवादी केन्द्र रोजकी थिइन्।

विमला माओवादी केन्द्रमा फर्केपछि विपक्षी गठबन्धनलाई सरकार बनाउन बहुमत पुगेको छ। प्रदेश सभामा हाल कायम यससँगै प्रदेशको समीकरणमा विपक्षी गठबन्धनलाई बहुत पुग्ने भएको छ।

८० सदस्यीय सदस्यमा सत्ता पक्षमा ३८ मत छ भने विपक्षमा सभामुखसहित ४२ मत छ। लुम्बिनीमा एमालेको ३८, माओवादी केन्द्रको (वली र सभाुमखसहित) १९, कांग्रेसको १९, जनता समाजवादी पार्टीको ३ र राष्ट्रिय जनमोर्चाको एक सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077