Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेसीले बार्सिलोना छोड्ने पक्का, क्लबले दियो यस्तो जानकारी

एजेन्सी – अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले क्यालटान क्लब बार्सिलोना छोड्ने पक्का भएको छ। बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै मेसीले अर्को सिजन क्लबबाट फुटबल नखेल्ने जानकारी दिएको छ।

नयाँ सम्झौताका लागि मेसी र बार्सिलोना दुबै सहमत भएपनि लिगको नियमका कारण नयाँ सम्झौता हुन नसकेको विज्ञप्तिमा जनाइएको छ। ला लिगाको नयाँ नियम अनुसार मेसी र क्लबबीच सहमति भएको तलब र सम्झौता मान्य नरहेको बुझिएको छ। यसकारण क्लब र खेलाडी दुवै राजी भएपनि अनुबन्धन भने हुन सकेन।

लामो समयको कसरत पछि दुई पक्षबीच सहमति बनेको थियो। तर बार्सिलोनामा अन्य खेलाडीले तलब घटाउन नमान्नु र ट्रान्सफर बजारमा अपेक्षित निर्णय हुन नसक्दा मेसीले क्लब छोड्नुपर्ने स्थिति आएको हो। कोरोना महामारीले आर्थिक रुपमा कमजोर रहेको बार्सिलोनालाई नयाँ नियमले थप समस्यामा पारेको हो।

उता मेसीले क्लबलाई सहज होस् भनेर नै साविकबाट पनि कम तलब लिएर नयाँ सम्झौता गर्न तयार भएको बताएका थिए। तर लिगले उक्त सम्झौतालाई पनि मान्यता दिने अवस्था रहेन। यससँगै मेसीको नयाँ गन्तव्य कहाँ होला भनेर अड्कलबाजीहरु शुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077