Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

‘डिएसपी हुँ’ भन्दै मान्छे तर्साएर सुन लुट्ने गुरुङ प्रहरीको फन्दामा

काठमाडौं । प्रहरीले लुटपाटमा संलग्न एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण–४ बस्दै आएका ३५ वर्षीय सीताराम गुरुङ रहेका छन्।

गुरुङलाई काठमाडौंको चाबहिलबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। आफूलाई प्रहरीको डीएसपी हुँ भन्दै सुनका बाला लुटपाट गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

गुरुङले विदेशबाट आएका व्यक्तिहरुलाई विमास्थनलमा आफू डिएसपी भएको भन्दै सुन लुट्ने गरेका थिए। एकान्त पारेर चेकजाँच गर्ने बहानामा सुनका गहना लुटपाट गर्ने गरेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका गुरुङलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगञ्जमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077