Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाहीमा पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, २५ जनाभन्दा बढी घाइते

रामनारायण यादव, सर्लाही । सर्लाहीमा पिकअप भ्यान दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परी २५ जनाभन्दा बढी घाईते भएका छन्।

मृत्यु हुनेमा लालबन्दी नगरपालिका वडा नम्वर ९, बस्तीपुरका १७ वर्षीय प्रल्हाद दाहाल रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिएका छन्।

थापाका अनुसार शुक्रबार दिउँसो फुटबल खेल्नका लागि खेलाडी बोकेर परवानिपुरतर्फ हिँडेको प्रदेश–२–०३००१ च ०८४६ नम्बरको पिकअप भ्यान जिल्लाको लालबन्दी नगरपालिका वडा नम्वर ६, स्थित फुटबल चौर अगाडि दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका दाहालको उपचारका क्रममा नमूना अस्पताल हरिवनमा मृत्यु भएको हो। घाइतेमध्ये २२ जनाको लालबन्दीको गढिमाई र मोडेल अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जनालाई थप उपचारका लागि वीरगन्ज र भरतपुर रिफर गरिएको प्रहरी निरीक्षक थापाले बताए। पिकअपका चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077