Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमिताभ बच्चनको घरमा बम भएको खबरले मुम्बइमा हलचल, के हो वास्तविकता ?

एजेन्सी । बलिउड महानायक अमिताभ बच्चनको घर जलसामा बम भएको खबरले पूरै मुम्बइमा हलचल मच्चियो। एक अज्ञात फोनकर्ताले मुम्बइ पुलिसलाई फोन गरेर जलसामा बम भएको सूचना दिएका थिए।

मुम्बइ पुलिसले तत्काल अलर्ट जारी गरेर अमिताभ बच्चनको घरबाहिर बीडीडीएस (बम डिटेक्सन एण्ड डिस्पोजल स्क्वाड)को टिम तैनाथ गर्यो। यद्यपि जाँचमा केही पनि संदिग्ध भेटिएन।

मुम्बइ क्राइम ब्रान्चको क्राइम इन्टेलिजेन्स युनिटले अब यो विषयमा जाँच गर्दा २ जनालाई पक्राउ गरेको छ। एक अज्ञात फोनकर्ताले शुक्रबार राती मुम्बइ पुलिसलाई अमिताभ बच्चनको घरसहित दादर, सीएसटी र भायखालामा बम राखिएको बताएका थिए।

फोन गर्ने व्यक्तिले अमिताभ बच्चनको कुन घरमा बम राखिएको छ भन्ने बताएका थिएनन्। फोनकर्ताले प्रस्ट नबताएपछि अमिताभ बच्चनका चारवटै बंगलामा जाँच गरिएको थियो।

समाचार एजेन्सी पीटिआइसँग कुरा गर्दै पुलिसले बताएअनुसार सूचना पाएलगत्तै रेल्वे पुलिस, रेल्वे प्रोटेक्सन फोर्स र बीडीडीएस टिम, डग स्क्वाड र स्थानीय पुलिसको टोली बताइएका स्थानमा परिचालन गरी सर्च अभियान चलाइएको थियो।

अनुसन्धानको क्रममा यो सूचना दिने २ जनालाई पक्राउ गरिएको छ। उनीहरुको नाम राजू कांगने र रमेश सिरसाठ भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077