Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • १५ लाखको चेक बाउन्स मुद्दामा फरार रहेका चिरायु सीआईबीको फन्दामा

    १५ लाखको चेक बाउन्स मुद्दामा फरार रहेका चिरायु सीआईबीको फन्दामा

    अनलाइन नेपाल
  • आइतबार, २४ साउन २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ् कसूर (चेक बाउन्स) मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा पाँचथर जिल्ला मिक्लाजुङ् गा.पा ५ घर भई हाल काठमाडौँ टोखा १० बस्ने ४२ बर्षीय चिरायु खालिङ रहेका छन्। शनिबार सीआईबीले चिरायुलाई काठमाडौँको महालक्ष्मीस्थानबाट पक्राउ गरेको हो ।



    पक्राउ परेका चिरायुलाई उच्च अदालत पाटनको २०७७।११।१० को फैसलाले ६ दिन कैद र १५ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो।



    सीआईबीका प्रवक्ता एवं एसपी श्याम कुमार महतोका अनुसार थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्याई सेन्चुरी बैंकको चेक काटेर बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

    उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा बुझाइएको सीआईबीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार