Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

प्रतिष्ठानको आग्रह वेवास्ता गर्ने दुर्गेशलाई अन्तत: साधारण सदस्य समेत नरहने गरी निष्कासन

काठमाडौँ । नेपाली गीतसंगीत क्षेत्रका गायक तथा मोडल दुर्गेश थापालाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेको छ ।

आइतबार प्रतिष्ठान अध्यक्ष बिसी, संयोजक शिव हमाल र महासचिव सुवास केसीले संयुक्त एक विज्ञप्ती जारी गर्दै दुर्गेशलाई निस्कासन गरिएको जनाएका हुन्।

जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा सामजिक संजालमा विभिन्न माध्यमबाट सम्प्रेशित तीजगीत संगीतहरुमध्ये ‘ख्यास पुतली’ को बारेमा पक्ष ,विपक्षमा रही सामाजिक संजालमा देखा परेका टिकाटिप्पणी, जनगुनासो र यस प्रतिष्ठानसँग लोकससंगीतकर्मी र शुभचिन्तकहरुको सकरात्मक अपेक्षलाई समेत ध्यान दिदैँ कलाकार दुर्गेश थापा ज्युलाई गीत प्रकाशन पुर्व नै यस प्रतिष्ठानले ख्यास पुतली संसोधन गरिदिनुहुन गरेको लिखितम् हार्दिक अनुरोधलाई बिल्कुलै वेवस्ता गरी निजले प्रतिष्ठानसँग आफ्नो सम्बन्ध नरहेको हुलका स्पष्टिकरण दिएको हुनाले प्रतिष्ठानको मिति २०७८ असार १७ गते बसेको केन्द्रिय समितिको बैठकबाट विधानत् परिच्छेत (७) धारा(२६)को उपधारा (१) बमोजिम निजको साधारण सदस्य समेत नरहने गरि सदस्यता खारिज गर्ने निर्णय गरिएको छ ।’

यस्तो छ प्रतिष्ठानले जारी गरेको विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077