Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अफगानिस्तानमा त्राहीत्राही : एकैदिन थप ३ प्रान्तीय राजधानीमा तालिबानको कब्जा

    अफगानिस्तानमा त्राहीत्राही : एकैदिन थप ३ प्रान्तीय राजधानीमा तालिबानको कब्जा

    अनलाइन नेपाल
  • सोमबार, २५ साउन २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । अफगानिस्तानमा बिद्रोही समूह र सुरक्षाकर्मीबीचको भिडन्त जारी छ। ग्रामीण क्षेत्रबाट सहरी क्षेत्र कब्जा गर्ने अभियानमा रहेको तालिबानले अफगानिस्तानका थप तीनवटा प्रान्तीय राजधानीहरू कब्जा गर्न सफल भएको छ।

    शुक्रबार यता विद्रोही समूहले ५ वटा प्रान्तीय राजधानीहरूमा नियन्त्रण बनाउन सफल भएको हो। आइतबार देशको उत्तरी भागमा रहेका कुन्डुज, सार–ए–पोल र तालोकान केही घण्टाको अन्तरमा तालिबानको कब्जामा पुगेको सहरमा रहेका सरकारी अधिकारी र तालिबानले पुष्टि गरेका छन्।



    आइतबार एक विज्ञप्ति जारी गर्दै कुन्डुज सहरका प्रहरी हेडक्वार्टर, गभर्नर कम्पाउन्ड र कारागारलाई नियन्त्रणमा लिएको जनाएको छ। स्थानीय स्रोतका अनुसार सबै सरकारी भवन यतिबेला तालिबानको कब्जामा रहेको छ। सेनाको बेस र विमानस्थलमा अफगान सुरक्षाकर्मीहरुले तालिबानसँग भिडन्त गरिरहेको कुन्डुज प्रान्तका सांसद अमरुद्दिन वालीले बताएका छन्।



    त्यस्तै, आइतबार नै विज्ञप्ति जारी गर्दै तालिबानले उत्तरी प्रान्त सार–ए–पोलको राजधानी सार–ए–पोललाई पनि कब्जा गरेको जानकारी दिएको छ। प्रान्तीय परिषद्का सदस्य मोहम्मद नुर रहमानीले सरकारी भवनलाई नियन्त्रणमा लिएका छन् भने सरकारी अधिकारीहरू भागेर नजिकैको सेनाको बेसमा पुगेका छन्।

    त्यस्तै, आइतबार नै तालिबानले ट्वीटरमार्फत ताखार प्रान्तको राजधानी तालोकानलाई पनि नियन्त्रणमा लिएको जानकारी लिएको छ। स्थानीय जबिहुल्लाह हामिदीले एएफपीसँग कुरा गर्दै उनले सुरक्षाकर्मी र अधिकारीहरूले लामबद्ध भएर सहर छाडेको देखेको बताएका छन्।

    ‘सरकारले थप सहयोग पठाउन नसकेपछि हामी आइतबार अपरान्ह सहर छाडेर हिँडेका छौँ,’ एक सुरक्षा स्रोतले एएफपीलाई जानकारी दिए, ‘दुर्भाग्यवस सबै सहर तालिबानको नियन्त्रणमा छ।’ यसअघि तालिबानले निमरुज र जवजानलाई नियन्त्रण लिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार