Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

राप्रपा अध्यक्षको राष्ट्रपतिमाथि कटाक्ष– शीतल निवासभित्र ‘पार्टी विवाद मिलन केन्द्र’ खोल्नुस्

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई लिएर कडा आलोचना गरेका छन् ।
पछिल्लो समय नेकपा एमालेको विवाद मिलाउन राष्ट्रपति सक्रिय देखिएको भन्ने उल्लेख गर्दै अध्यक्ष लोहनीले संवैधानिक राष्ट्रपतिको काम र कर्तव्य नभुल्न सचेत समेत गराए।

सोमबार बिहान सामाजिक सञ्जालमा अध्यक्ष लोहनीले प्रश्न गरेका छन्, 'के अब संवैधानिक राष्ट्रपतिको काम र कर्तव्य दलहरुबीचको अन्तरिक झगडा मिलाउनु हो ?’, उनले थपे, ‘यदि हो भने जसपा भित्र पनि झगडा छ, अब त्यो मिलाउन पनि राष्ट्रपति सक्रिय हुनु पर्ने होइन र ?’

लोहनीले फेसबुकमा लेखेका छन्, ‘अझ नेपाली कांग्रेसको झगडाले त सत्ताधारी दलकै वैधानिकतामा संकट आउला जस्तो छ। त्यो राष्ट्रपति महोदयले अब कैले मिलाइदिने ?’ अब प्रजातन्त्र बलियो पार्न राष्ट्रपति भवनभित्र ‘पार्टी विवाद मिलन केन्द्र’ खोलेर त्यसको नेतृत्व गर्न भन्दै लोहनीले राष्ट्रपति भण्डारीमाथि कटाक्ष गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077