Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटरसाइकल चोरेर भाग्दै गरेका दुई युवा प्रहरीको नियन्त्रणमा

काठमाडौँ । मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुई जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछाप खाडादेवी गाउँपालिका - ७ घर भई हाल काठमाडौँ नारायणटार बस्ने वर्ष १८ को सुन्दर मगर र रामेछाप सुनापती गाउँपालिका - २ घर भई नारायणटार नै बस्ने दिपक सिंजाली मगर रहेका छन् ।

प्रहरीले किर्तिपुर नगरपालिका – ९, नगाउँस्थित आफु बस्दै आएको घर अगाडी पार्किङ्ग गरी राखेको स्थानबाट हराएको बा ९४ प ७१६४ नम्बरको मोटरसाईकल चोरी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो ।

चोरी भएको सुचना प्राप्त हुनासाथ सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले नम्वर प्लेट समेत परिवर्तन गरेर मोटरसाईकल चलाईरहेको अवस्थामा भक्तपुर सुर्यविनायक नगरपालिका-९, पलासेबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेको मोटरसाईकलसहित दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागि प्रहरी बृत्त, किर्तिपुरमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077