Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्राधिकरणमा कुलमानलाई नियुक्त गर्ने मन्त्रिपरिषदको तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक अहिले ४ बजेपछि बस्दैछ ।

आजको नियमित बैठकमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रस्ताव लैजाने बुझिएको छ।

उच्चस्तरिय विश्वस्त स्रोतका अनुसार मन्त्री भुसालले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ्लाई नियुक्त गर्ने र वर्तमान निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणी सरह सेवा सुविधा दिने गरी मन्त्रालयमा तान्ने तयारी गरेको स्रोतको दाबी छ।

यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतत्वको सरकारले २७ माघ २०७७ मा शाक्यलाई कार्यकारी निर्देशक शाक्य नियुक्त गरेको थियो । तर, केही दिनअघि प्रधानमन्त्री देउवाले शाक्यलाई हटाएर घिसिङलाई नियक्त गर्न निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077