Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

४ लाख नगदसहित वानेश्वरबाट ६ जना जुवाडे पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी वृत वानेश्वरले ६ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ।

आइतबार साँझ काठमाडौँ महानगरपालिका-१० मध्यबानेश्‍वरस्थित रामकृष्ण के.सी.को घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीले उनीहरुलाई नगदसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरुको साथबाट ४ लाख ४८ हजार ५ सय र केही बुक तास समेत वरामद गरिएको छ।

पक्राउ परेका ६ जनालाई नै नियनत्रणमा लिई वृत्त वानेश्वरवाट थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077