Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

पलले कम्मर मर्काएको दुर्गेशको ‘बिच्च बिच्चमा ५’ले मार्केट पिट्यो, छोटो समयमै ट्रेण्डिङमा (भिडियो)

काठमाडौं । गायक तथा मोडेल दुर्गेश थापाको गीत ‘बिच्च बिच्चमा ५’ सोमबार रिलिज भएको छ। उक्त गीत रिलिज भएको लामो समय नबित्दै गीत ट्रेण्डिङमा आइसकेको लछ।

‘बिच्च बिच्चमा ५’ १३ घण्टामै ट्रेण्डिङ नम्बर ९ मा आइपुगेको छ। १३ घण्टामै गीतले ३ लाख ७३ हजार भ्यूज पाएको छ। यही समयमा गीतमा ५ हजारभन्दा बढीले प्रतिक्रिया दिएका छन्। गीतमा स्वर दुर्गेश थापा र बसन्त थापाको रहेको छ भने गीतको शब्द दुर्गेशले नै लेखेका हुन्। यसमा संगीत पनि उनकै रहेको छ।

गीतको भिडियोलाई काजिस श्रेष्ठले निर्देशन गरेका छन्। ‘बिच्च बिच्चमा ५’ मा पल शाह र दुर्गेशसँगै बालकलाकार जेभिन, जेभिस (ट्विन्स), आयुषी ढकाल र साइमोन कोनाजुको अभिनय रहेको छ।

यसैबिच, गायक थापाले सोमबार दर्शकसँग माफी मागेका छन्। आफ्नो नयाँ गीत ‘बिच्च बिच्चमा ५’को प्रमोशनका क्रममा दुर्गेशले दर्शकसँग माफी मागेका हुन्। उनले भने–‘आफूले प्रयोग गरेको शब्दबाट दर्शकको भावनामा ठेस लागेको छ भने म माफी माग्न चाहन्छु। ममा धेरै परिवर्तन आइसकेको छ। तर, कहिलेकाही चिप्लन्छु। मलाई माफी दिनुहोला।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077