Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अमेरिका गैरजिम्मेवार रुपमा बाहिरिँदा अफगानिस्तानमा समस्या भयो : पाकिस्तानी विदेशमन्त्री

    अमेरिका गैरजिम्मेवार रुपमा बाहिरिँदा अफगानिस्तानमा समस्या भयो : पाकिस्तानी विदेशमन्त्री

    अनलाइन नेपाल
  • मंगलबार, २६ साउन २०७८
  • 2.1K
    SHARES

    एजेन्सी । पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानबाट अमेरिका गैरजिम्मेवाररुपमा नस्किएको बताएका छन्।

    विदेशमन्त्री साह मोहमद कुरेसीले अफगानिस्तानबाट अमेरिकाले आफ्ना सेना गैरजिम्मेवाररुपमा बाहिर निकालेकाले यो अवस्था आएको बताएका छन् ।



    अमेरिका र नेटो सेना अफगानिस्तानबाट निस्किएपछि त्यहाँको अवस्था अराजक बन्दै गएको उनले बताएका छन् ।



    विदेशमन्त्री कुरेसीले भन्नुभएको छ कि अमेरिकाले आफ्नो र नेटो सेनालाई बिना कुनै तयारी गैरजिम्मेवारीरुपमा निकालेकाले त्यहाँ तालिबान विद्रोहीहरुले अराजकता मच्चाउन थालेको बताएका हुन् ।

    उनले सोमबार पाकिस्तानको इस्लामावादमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भनेका छन्, अमेरिकाले आफ्नो र नेटो सेनालाई जिम्मेवार र व्यवस्थितरुपमा फिर्ता गरेको भए अहिलेको यो अराजक अवस्था आउने थिएन, तर अमेरिकाले यसतर्फ ध्यानै दिएन ।

    हाल अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिक फिर्ता भइरहेका समयमा देशैभरि हिंसा भएको र यसका कारण अराजकताको अवस्था आएको उनले बताएका छन् ।

    अमेरिकाले व्यवस्थितरुपमा यहाँबाट सेना फिर्ता गर्ने योजना बनाउनुपर्नेमा त्यसो नगरेको र जसका कारणले अहिले तालिबानले देशमा हिंसा गरिरहेको उनले बताए ।

    अफगानिस्तानमा शान्ति स्थापनाका लागि विगतमा पाकिस्तानले पनि धेरै काम गरेको भन्दै उनले तर अहिले आएर यहाँको शान्ति प्रक्रिया धरापमा परेकोमा पाकिस्तानलाई चिन्ता लागेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार