Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

२० लाख नगद र ३६ लाख ८३ हजारको चेकसहित चार जना हुण्डी कारोबारी पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले अवैध ९१ लाख ९६ हजार रकम सहित चार जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२२ गणवहाल क्षेत्रमा हुण्डी कारोबार भईरहेको भन्ने सूचनाको आधारमा परिसरबाट खटिएको विशेष प्रहरी टोलीले तनुज ईन्टरप्राइजेज प्रा।लिका सञ्चालकसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तनुजका सञ्चालक ताहाचल बस्ने वर्ष ५३ का तरुण अग्रवाल, भिमाद–१, तनहु घर भई हाल गोगंवु वस्ने वर्ष २५को नितेश श्रेष्ठ, देउराली–२, रामेछाप घर भई हाल भक्तपुर सल्लाघारी वस्ने वर्ष २९ को नरबहादुर खड्का र जोरपाटी वर्ष ३४ को अर्जुन चौलागाई रहेका छन् ।

प्रहरीले तनुज ईन्टरप्राइजेजमा चेकजाँच गर्दा संचालक तरुण अग्रवाल सहित ४ जनाको साथवाट हुण्डीको कारोबारी ९समानान्तर वैकिङ्ग कारोवार० गरिरहेको अवस्थामा उक्त रकम तथा ८० लाख ४३ हजार ३ सय १९ रुपैयाँ जम्मा गरेको ८ थान डिपोजित स्लिप र ३६ लाख ८३ हजार ४ सय ४८ रुपैयाँ बराबरको १७ थान चेक फेला पारेको जनाएको छ । पक्राउ परेका चारै जनालाई थप अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागि सम्पत्ति सुद्दिकरण विभाग पठाईएको परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077