Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मुख्यमन्त्री पोखरेललाई मन्त्रीको ‘सरप्राइज’, किन दिए एक्कासी राजीनामा ?

बुटवल । लुम्बिनी प्रदेश सरकारका एक मन्त्रीले मुख्यमन्त्री शंकर पोखरेलको साथ छाडेका छन्। प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिँदै मुख्यमन्त्री पोखरेललाई नै सरप्राइज दिएका छन्।

पाण्डेयले जनता समाजवादी पार्टीले मन्त्रीहरु फिर्ता बोलाएका कारण राजीनामा दिएको जानकारी दिएका छन्। विचार र सिद्धान्तको राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनपर्ने तर्क उनले पेस गरेका छन्।

पाण्डेय तीनै मन्त्री हुन् जो पार्टीले फिर्ता बोलाउँदा पनि पद छाड्न तयार थिएनन्। गत वैशाखमा मन्त्री बनेका पाण्डेयसहित विजय यादव र कल्पना पाण्डेयलाई जसपाले सरकारबाट फिर्ता हुन नमानेपछि कारबाही गर्दै सांसद पदबाट हटाएको थियो।

पार्टीको उक्त निर्णयविरुद्ध उनीहरुले सर्वोच्चमा रिट पनि दिए। रिटमा सांसद पद पुनर्बहाली गरी पाउँ भनी माग गरिएको थियो। तर अदालतले अन्तरिम आदेश दिन मानेन र उनीहरुको सांसद पद चिप्लिएको छ।

लुम्बिनी प्रदेशसभामा जसपाका ६ सांसद थिए। पार्टीले तीन जनालाई कारबाही गरेपछि अब तीन सांसद कायम छन्। ३ सांसद अहिले विपक्षी गठबन्धनमा छन्। मुख्यमन्त्री पोखरेललाई सरकारबाट हटाउन कम्मर कसेर लागेका कांग्रेस र माओवादीलाई उनीहरुको साथ अनिवार्य छ।

बुधबारका लागि प्रदेश प्रमुखले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बोलाएका छन्। सम्भवतः आज पोखरेलको सरकार ढल्नेछ। ० सदस्यीय प्रदेशसभामा एमालेका ३८, कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुखबाहेक), जसपाका ३ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन्। सांसद संख्यामा विपक्षी गठबन्धको बहुमत पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077