Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्राधिकरणमा कुलमानको नियुक्तिपछि बाबुराम भट्टराई भन्छन् – कस्ता दिन आए !

काठमाडौँ । दैनिक १८ घण्टाको लोडसेडिङबाट मुक्त गराएर जनस्तरमा हाइहाइ कमाएका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आज पुनः प्राधिकरणमै पदबहाली गर्दैछन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

तर, घिसिङको नियुक्तिमा कसको प्रस्ताव, कसको समर्थन र कसको सहयोग र असहयोग जस्ता कुराहरु आइरहेका बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्राधिकरणमा घिसिङको नियुक्तिको विषयमा भएको प्रचारबारे प्रश्न उठाएका छन् ।

घिसिङको नियुक्ति स्वागतयोग्य नै भएता पनि नियुक्तिमा कसको प्रस्ताव, कसको समर्थन र कसको सहयोग र असहयोग थियो भन्न जरुरी नरहेको सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईको भनाइ छ ।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै डा. भट्टराईले भनेका छन्, ‘कुलमानको कमब्याक स्वागतयोग्य छ, बधाइ । तर, उनको नियुक्तिमा कसको प्रस्ताव, कसको सहमति, कसको सहयोग, कसको असहमति, कसको असहयोग, कसको विरोध आदि इत्यादि पनि भन्न जरूरी छ ? कस्ता दिन आए....!!’

कुलमानको नियुक्तिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रस्ताव, प्रधानमन्त्री शेरबहादुर देउवाको सहमति र ऊर्जामन्त्री पम्फा भुसालको सहयोगमा भएको भन्ने खालको समाचार बाहिर आएपछि त्यसपछि जसपा नेता भट्टराईले असन्तोष प्रकट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077